दफा ७
समितिको बैठक र निर्णय
: (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
तर वर्षमा कम्तीमा चार पटक समितिको बैठक बस्नु पर्नेछ ।
(२) समितिको एक तिहाई सदस्यहरुले समितिको बैठकको लागि लिखित माग गरेमा समितिको सदस्य–सचिवले अध्यक्षको स्वीकृति लिई बैठक बोलाउनु पर्नेछ ।
(३) समितिको सदस्य–सचिवले बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरुको सूची सदस्यहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
(५) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) बैठक सम्बन्धी अन्य कार्यविधि समिति अफैले निर्धारण गरे बमोजिम हुनेछ ।